Friday 16th January 2026

दुई राप्रपाबीच एकीकरणको सहमती


तितोपाटी- दुई राप्रपाबीच एकीकरण गर्ने सहमति भएको छ। शनिबार साँझ अबेर गरी कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीहरण गर्ने सहमति बनेको हो।

सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, र राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका छन्। पार्टी एकीकरण गर्ने निर्णय भएको राप्रपा अध्यक्ष थापाले ट्विट गर्दै जानकारीसमेत दिएका छन्। आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने र सो समयसम्मका लागि तीनै जना अध्यक्ष रहने समेत सहमतिमा हस्ताक्षर भएको छ।

राजसंस्थासहितको प्रजातन्त्र र सापेक्ष हिन्दुराष्ट्रमा सहमत हुँदै दुवै पार्टी एक हुने भएका हुन्। एकीकरणको औपचारिक घोषणा भने फागुन २८ गते हुनेछ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...