Sunday 5th May 2024

बलात्कार आरोपमा नेकपा सांसद रावल पक्राउ


धनगढी -बलात्कार आरोपमा नेकपाका सांसद पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल बुधबार पक्राउ परेका हुन्।धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन्।

प्रदेशसभा सदस्य रावलकाविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेशसभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले रावललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए। ‘सांसद रावल माथि उजुरी परेको थियो। खोजी सुरु गरेका थियौँ’, प्रहरी उपरीक्षक गिरिले भने, ‘आज प्रहरीमा सोही केसमा सोधपुछ गर्ने क्रममा आएका वेला नियन्त्रणमा लिएको हो।’

उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी उपरीक्षक गिरीले बताए। प्रहरीले बिहीबार रावललाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने बताएको छ। रावल पूर्वमाओवादी केन्द्रको तर्फ बाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...