Saturday 11th April 2026

बलात्कार आरोपमा नेकपा सांसद रावल पक्राउ


धनगढी -बलात्कार आरोपमा नेकपाका सांसद पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल बुधबार पक्राउ परेका हुन्।धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन्।

प्रदेशसभा सदस्य रावलकाविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेशसभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले रावललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए। ‘सांसद रावल माथि उजुरी परेको थियो। खोजी सुरु गरेका थियौँ’, प्रहरी उपरीक्षक गिरिले भने, ‘आज प्रहरीमा सोही केसमा सोधपुछ गर्ने क्रममा आएका वेला नियन्त्रणमा लिएको हो।’

उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी उपरीक्षक गिरीले बताए। प्रहरीले बिहीबार रावललाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने बताएको छ। रावल पूर्वमाओवादी केन्द्रको तर्फ बाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...