Wednesday 14th October 2026

मेनिगो इन्सेफ्लाइटिस पीडित लिम्बूलाई परिवारद्वारा सहयोगको अपील


तितोपाटी- झापाको कमल गाउँपालिका ५ बसन्तपुर चौकका देवराज लिम्बूको उपचारमा सहयोग गर्न परिवार तथा छिमेकीले याचना गरेका छन् । मेनेजाइन्टिस् बिग्रीएर मेनिगो इन्सेफ्लाइटिस भएको र उपचारका लागी बिर्तामोडस्थित बिएण्डसी अस्पातालमा राखिएको छ ।

उनि अहिले अर्धचेत अवस्थामा छन् । डा.पंगज नेपालको टिमले मेनिगो इन्सेफ्लाइटिसले सिधै दिमागमा असर गर्ने भएकाले यसको उपचार भएपनि ७ महिनाभन्दा बढी समयपछि सामान्य ठिक हुने र उपचार सम्मभव भएको बताएका छिमेकी मनोज भुजेलले बताए ।

यसअघि लिम्बूलाई बिराटनगरको नोबेल अस्पतालमा लगिएको त्यहाँ ७ दिन राखियो तर पैसा अभावमा उनलाई र्फिता ल्याइएको भुजेलले बताए । नोबेल अस्पतालमा ७ लाख जति सकिएको र बिएण्डसी अस्पतालमा दैनिक ७० हजार बढी खर्च हुने गरेको भुजेलले बताए ।

भुजेलले भने –उनलाई कडा औषधी प्रयोग गर्नुपर्छ , ऋण धन गरी सबै पैसा उपचारमा सकियो ,अब सहयोग याचना माग्नुको विकल्प छैन,। हालसम्म करिब १२ लाख खर्च भईसकेको छिमेकी इन्द्रकुमार राईले बताए । राईका अनुसार लिम्बूकी श्रीमती पनि गर्भवती छिन् ।

श्रीमान ३० बर्षकै उमेरमा अर्धचेत भएपछि उनलाई पनि यो बेला पिडा थपिएको छ । उनिहरुसँग अब सम्पतीको नाममा साढे ३ धुरमा सानो एउटा घर छ । देवराज लिम्बु बाचाऊ अभियानले सोमबार दमकमा पत्रकार सम्मेलनको आयोजना गरी उपचारमा सहयोग पुर्याउन आग्रह गरेको छ ।

यदि तपाईहरु पनि उनलाई सहयोग गर्न चाहानुहुन्छ भने ९८१०३८५१११ मा सम्पर्क गर्न भनिएको छ । यस्तै लिम्बूकी भाउजु सितादेवि भुजेलको नाममा एनएमबि बैङमा खोलिएको ०६४२४८००७९४२५८०००००१ नम्बरको खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने छिमेकी मनोज भुजेलले बताए ।

लिम्बूकी भाउजु सितादेबिले आफुहरुसँग भएको सबै सम्पती उपचारमा सकिएको र कुनै उपाय नभएपछि सहयोग याचना गर्न बाध्य भएको बताइन् । उनले देश परदेशमा रहेको सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुसँग सहयोगको अपिल गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...