Friday 10th April 2026

१० बर्षे जनयुद्धको २५ औं दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै


तितोपाटी- तत्कालिक माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५ औं दिवस आज मनाइँदैछ। जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता-कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन्। सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो। द्धन्द्धरत माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२/६३ मा भएको जनआन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो।

जनयुद्धको नेतृत्व गरेका तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साविकको एमालेसँग पार्टी एकीकरणपश्चात हाल सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष छन्। १० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीहरुले ज्यान गुमाएका थिए।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...