Thursday 15th January 2026

१० बर्षे जनयुद्धको २५ औं दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै


तितोपाटी- तत्कालिक माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५ औं दिवस आज मनाइँदैछ। जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता-कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन्। सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो। द्धन्द्धरत माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२/६३ मा भएको जनआन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो।

जनयुद्धको नेतृत्व गरेका तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साविकको एमालेसँग पार्टी एकीकरणपश्चात हाल सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष छन्। १० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीहरुले ज्यान गुमाएका थिए।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...