Monday 17th November 2025

यादव हत्या प्रकरणः वडाध्यक्ष कारागार चलान, फरार २ अध्यक्षको सुविधा रोकियो


तितोपाटी- अदालतले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई कारागार चलान गर्न आदेश दिएको छ। जिल्ला अदालत, मोरङले वडाध्यक्ष यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।

हत्या आरोप लागेसँगै गत असारमा फरार अध्यक्ष यादव शुक्रबार अदालतमा हाजिर भएका थिए। विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो। कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो।

यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह, विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव, बलदेवका भतिज दीपेश यादव र वडाध्यक्ष प्रदीपचन्द यादवविरुद्ध किटानी जाहेरी परेको थियो।

हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित नौं जना फरार थिए। तर १० असोजमा हाजिर भएका २७ वर्षीय दीपेश यादवलाई जिल्ला अदालत मोरङले कारागार चलानको आदेश दिएको थियो। राजनीतिक पहुँच भएका दुई अध्यक्षसहित सातजना अझै फरार छन्। यता, विराटनगर महानगरपालिकाले हत्या आरोप लागेपछि फरार भएका विराटनगर– १४ का वडा अध्यक्ष बलदेव यादव र १८ का अध्यक्ष सञ्जय शाहको सुविधा रोकेको छ।विराट टाईम्स बाट


सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...