Sunday 15th March 2026

यादव हत्या प्रकरणः वडाध्यक्ष कारागार चलान, फरार २ अध्यक्षको सुविधा रोकियो


तितोपाटी- अदालतले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई कारागार चलान गर्न आदेश दिएको छ। जिल्ला अदालत, मोरङले वडाध्यक्ष यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।

हत्या आरोप लागेसँगै गत असारमा फरार अध्यक्ष यादव शुक्रबार अदालतमा हाजिर भएका थिए। विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो। कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो।

यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह, विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव, बलदेवका भतिज दीपेश यादव र वडाध्यक्ष प्रदीपचन्द यादवविरुद्ध किटानी जाहेरी परेको थियो।

हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित नौं जना फरार थिए। तर १० असोजमा हाजिर भएका २७ वर्षीय दीपेश यादवलाई जिल्ला अदालत मोरङले कारागार चलानको आदेश दिएको थियो। राजनीतिक पहुँच भएका दुई अध्यक्षसहित सातजना अझै फरार छन्। यता, विराटनगर महानगरपालिकाले हत्या आरोप लागेपछि फरार भएका विराटनगर– १४ का वडा अध्यक्ष बलदेव यादव र १८ का अध्यक्ष सञ्जय शाहको सुविधा रोकेको छ।विराट टाईम्स बाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...