Tuesday 13th October 2026

अछाममा वडाध्यक्षको हत्या


तितोपाटी-अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ ।

हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छत शव घरदेखि केही टाढाको गोठमा फेला परेको प्रहरीले जनाएको छ । धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

शव भने घरदेखि केही टाढाको गाउँको एक गोठमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दीपक भारतीले जानकारी दिए ।

हत्या कसले र किन गर्यो खुलेको छैन । अनुसन्धानका लागि डिएसपी भारतीको नेतृत्वमा प्रहरी टोली बिहानै घटनस्थल पुगेको छ । उनको राति नै हत्या भएको आशंका स्थानीयले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...