Thursday 15th January 2026

अछाममा वडाध्यक्षको हत्या


तितोपाटी-अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ ।

हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छत शव घरदेखि केही टाढाको गोठमा फेला परेको प्रहरीले जनाएको छ । धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

शव भने घरदेखि केही टाढाको गाउँको एक गोठमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दीपक भारतीले जानकारी दिए ।

हत्या कसले र किन गर्यो खुलेको छैन । अनुसन्धानका लागि डिएसपी भारतीको नेतृत्वमा प्रहरी टोली बिहानै घटनस्थल पुगेको छ । उनको राति नै हत्या भएको आशंका स्थानीयले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...