Thursday 15th January 2026

साउदीबाट घर फर्किएको एक हप्तापछि जलाएर श्रीमतिको हत्या


तितोपाटी- सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ ।

आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिएको थियो । तर त्यँहा उपचार सम्भव नभएपछि काठमाडौँ लागिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार उनका श्रीमान आफैले आगो लगाएर हत्या गरेको बयानका क्रममा बताएका छन् | माइती पक्षको उजुरीपछि प्रहरीले विनोदलाई पक्राउ गरेको छ | उनी एक हप्ता अघि मात्रै वैदेशिक रोजगारीको क्रममा साउदी अरबबाट घर फर्किएका र विनोदलाई भाउजुले अनिताको चरित्रको विषयमा कुरा लगाएपछि जलाएर हत्या गरिएको परिवारको भनाई छ । साभार नेपाललाईभ


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...