Friday 10th April 2026

साउदीबाट घर फर्किएको एक हप्तापछि जलाएर श्रीमतिको हत्या


तितोपाटी- सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ ।

आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिएको थियो । तर त्यँहा उपचार सम्भव नभएपछि काठमाडौँ लागिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार उनका श्रीमान आफैले आगो लगाएर हत्या गरेको बयानका क्रममा बताएका छन् | माइती पक्षको उजुरीपछि प्रहरीले विनोदलाई पक्राउ गरेको छ | उनी एक हप्ता अघि मात्रै वैदेशिक रोजगारीको क्रममा साउदी अरबबाट घर फर्किएका र विनोदलाई भाउजुले अनिताको चरित्रको विषयमा कुरा लगाएपछि जलाएर हत्या गरिएको परिवारको भनाई छ । साभार नेपाललाईभ


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...