Thursday 15th January 2026

मृत्यु भएका पर्यटकको पहिचान खुल्यो, आठैजना भारत केरलाका


तितोपाटी-मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना पर्यटकको पहिचान खुलेको छ । भारतको केरलाबाट नेपालका विभिन्न स्थान घुम्ने क्रममा दामन आइपुगेका भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । उनका अनुसार मृत्यु हुनेमा भारत केरला बस्ने ३८ वर्षका रन्जित कप, इन्द्र, वर्ष ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीया अभी, ७ वर्षीया अर्चना, पाँच वर्षका वैष्णव र ९ वर्षीया बन्द्रा कप रहेका छन् ।
भारत केरलाका पोखरा घुमेर दामन घुम्न आएका उनीहरूको समूहमा १५ जना रहेको प्रहरी निरिक्षक कुर्मीले बताए । उनिहरु बा.३ क. ३६८८ नम्बरको बस भाडामा लिएर दामन आएका थिए । १५ जनाले ४ वटा रुम बुक गरी बसेको प्रहरीले जनाएको छ ।
मृत्युु भएकाहरुले कोठामा हिटर बाली सुतेको र बिहान ८ बजेसम्म नउठेपछि सँगै आएका साथीहरुले खोजी गर्दा कोठामा बेहोस अवस्थामा फेला परेको र हेलिकप्टरमार्फत् हेम्स अस्पताल काठमाडौं पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको कुर्मीले जानकारी दिए । साभार शिलापत्र


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...