Friday 10th April 2026

आन्दोलनमा ५० लाख दिने घाेषणा, २५ हजारले टारियो


तितोपाटी-मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले मधेसमा मधेसी दलको सरकार बनेपछि सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए ।

प्रदेश २ मा मधेसी दलको सरकार बनेको पनि दुई वर्ष पूरा हुँदैछ । तर आन्दोलनका बेला मधेसी दलका शीर्ष नेताले नै घोषणा गरेको ५० लाख रुपैयाँ सहिदका परिवारले पाउन सकेका छैनन् ।

आइतबार वीरगन्जमा आयोजित बलिदानी दिवस र सहिद सम्मान कार्यक्रममा प्रदेश सरकारले मधेसी सहिदहरुका परिवारलाई २५ हजार रुपैयाँ मात्रै दिएर टारेका छन् । मधेस आन्दोलनका पहिलो सहिद भनी चिनिएका रमेश महतोका दाजु बालकृष्ण सिंह भन्छन्, ‘आन्दोलनका बेला नेताले मधेसमा मधेसी दलको सरकार बने सहिदका परिवारलाई ५० लाख दिन्छौँ भनेर उक्साएका थिए, तर अहिले प्रदेश सरकारले ५० लाखको ठाँउमा २५ हजार मात्रै दिएर टारेको छ ।’
यसअघिको १० लाख पनि प्रदेश सरकारले नभइ संघीय सरकारले सहिद परिवारलाई दिएको थियो । प्रदेश सरकारले सहिदका परिवारका एक जनालाई रोजगारी दिने घोषणा पनि गरेका थिए । तर यस्तो सुविधा पनि सरकारबाट नपाएको सहिद परिवारले गुनासो गरेका छन् ।

आइतबारको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि सहिदका परिवारलाई ५० लाखको घोषणा गरेर २५ हजार रुपैयाँ मात्रै दिएर टारिएको भन्दै प्रदेश सरकारको आलोचना गरे ।
समाजवादी पार्टी पर्साका नेता समेत रहेका उनले भने, ‘५० लाख दिन्छौँ भनेर घोषणा गरियो, तर अहिले त २५ लाख रुपैयाँ दिएर टारिएको छ ।’ कार्यक्रममा उपस्थित मुख्यमान्त्री, मन्त्रीहरुलाई लक्षित गर्दै यादवले भने, ‘मधेसमाम मधेसी दलकै सरकार छ, अहिले सत्तामा हुँदाका बेला नदिए कहिले दिने हो ? प्रदेश सरकारले सहिदका परिवारलाई ५० लाख तुरुन्त दिओस् । मेरो जोडदार माग छ ।’ प्रदेश सरकारले एक ठाँउमा पनि मधेसी सहिदको शालीक बनाउन नसकेको भन्दै यादवले मधेस आन्दोलनको उपेक्षा भएको टिप्पणी गरेका थिए । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...