Tuesday 22nd September 2026

सभामुखमा कांग्रेसले,पुष्पा भुसाललाई उम्मेदवारी बनाउने


तितोपाटी-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।

कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ ।

“पार्टीमा यस विषयमा छलफल भइसकेको छ,” कांग्रेसका एकजना नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।”

नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने विषयमा नेकपाले निर्णय गर्न नसकेको बताए ।

“कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने कुरामा नेतृत्वले हेक्का राखेको पाइएन,” उनले नेकपाको निर्णयप्रति संकेत गर्दै भने, “त्यसकारण पनि नेपाली कांग्रेसले सभामुखमा उमेदवारी दिन्छ ।” उनले कसलाई उमेदवार बनाउने भन्ने निर्णय अहिलेसम्म नभएको बताए । साभार-१२खरी


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...