Monday 10th November 2025

सभामुखमा कांग्रेसले,पुष्पा भुसाललाई उम्मेदवारी बनाउने


तितोपाटी-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।

कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ ।

“पार्टीमा यस विषयमा छलफल भइसकेको छ,” कांग्रेसका एकजना नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।”

नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने विषयमा नेकपाले निर्णय गर्न नसकेको बताए ।

“कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने कुरामा नेतृत्वले हेक्का राखेको पाइएन,” उनले नेकपाको निर्णयप्रति संकेत गर्दै भने, “त्यसकारण पनि नेपाली कांग्रेसले सभामुखमा उमेदवारी दिन्छ ।” उनले कसलाई उमेदवार बनाउने भन्ने निर्णय अहिलेसम्म नभएको बताए । साभार-१२खरी


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...