Friday 10th April 2026

अग्नि सापकोटा सभामुख बन्ने निश्चित


तितोपाटी-सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भएको एक्लाएक्लै भेटवार्तामा अग्नी सापकोटालाई सभामुख बनाउने सहमति भएको हो ।

दुई अध्यक्षबीचको सहमतिलाई आजै अपराह्न चार बजेपछि बस्ने नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउनेबारे औपचारिकता दिने बालुवाटार श्रोतले जनायो ।

यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो । दुई नेताबीच बिहान भएको छलफलपछि अपरान्ह चार बजे सचिवालय बैठक बोलाइएको छ ।-रातोपाटी बाट


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...