Friday 10th April 2026

एमसीसी परियोजनामा सैन्य संलग्नता छैन : अमेरिकी दूतावास


तितोपाटी-नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामा कुनै पनि सैन्य मामिला नरहेको प्रस्ट पारेको छ ।

एमसीसीको विषयमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायत अन्य पार्टीका प्रभावकारी नेताहरुबाट विरोध भइरहेको बेला अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गरी परियोजनामा सैन्य संलग्नता नरहेको जनाएको हो ।

दूतावासले सो परियोजना विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै विद्युत् लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेको स्पष्ट पारेको छ ।

‘अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ, एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन, एमसीसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन वा हस्ताक्षर गर्नुपर्दैन’, विज्ञप्तिमा भनिएको छ ।

नेपालका प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेकाले अमेरिकाले सो परियोजना अगाडि बढाएको दूतावासको भनाइ छ ।खबरहब


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...