Saturday 14th March 2026

दिलीपको हत्या आरोपमा पक्राउ परे क्रसर सञ्चालक विपीन


तितोपाटी-मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)काे हत्या आराेपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट उनलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेकाे हाे। अवैध उत्खननलाई रोक्न जाँदा दिलीपलाई टिपरले किचेर हत्या गरिएको परिवारकाे आराेप छ।

दिलीपकाे हत्या भएकाे भन्दै हिजाे प्रदर्शन पनि भएकाे थियाे। दिलीपका दाजु वीरेन्द्र महतोका अनुसार दिलीपलाई चुप लागेर घरमा बस्न पटक–पटक धम्कीसमेत आउने गरेको थियो। सबैभन्दा बढी धम्की दिएका थिए, औरही खोलामा क्रसर सञ्चालन गर्ने गाउँकै विपीनकुमार महतोले। तर, धम्कीको वास्ता नगरी दिलीप यस अभियानमा निरन्तर सक्रिय भई रहेका थिए। अवैध उत्खनन्‌मा विपीनले अवराेध गरेकै कारण उनकाे हत्या भएकाे परिवारले जनाएकाे छ।

दाजु वीरेन्द्रका अनुसार तीन दिनअघि गत बुधबारमात्रै बुबा रामजीवन महतोलाई ठेकेदार विपीनकुमार महतोले धम्क्याउँदै भनेका थिए–‘छोरालाई सम्झाइदिनु। नत्र कुनै दिन जिउमै टिपर चढाइ दिन्छु।’ ‘आखिर धम्की दिएअनुसारै भाइलाई टिपरले किचेर हत्या गरिदिए,’ उनले भने।

तस्करी गिरोहले योजनाबद्ध रुपमा शुक्रबार बिहान टिपरले किचेर दिलीपको हत्या गर्‍यो। उनीसंगै घटनास्थलमा रहेका प्रत्यक्षदर्शी रोशन यादवले अबैध बालुवा गिट्टी उत्खनन गरी चुरे तस्करी गर्ने गिरोहले जानी–जानी टिपरले किचेको बताए। आफू भने जसोतसो ज्यान बचाएर भाग्न सफल भएको उनले बताए। दिलीपलाई किचेर हत्या गरेको ना ७ ख ६४१३ नम्बरको टिपर र चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।नेपाललाईभ बाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...