Saturday 14th March 2026

कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य छन विद्यार्थी


तितोपाटी – चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश दिइरहेको थियो।

विद्यार्थीको बिजोग देखेका प्रअ झक्कु वलीले अति भएपछि छाता ओढेर पढ्दै गरेका विद्यार्थीको फोटो फेसबुकमा हाले। फोटोमाथि उनले लेखेका छन् ‘कक्षाभित्र यो रहर कि बाध्यता स्थानीय जनप्रतिनिधि ज्यू? विकास योजना माग गर्दा किन बेवास्ता गरिन्छ? करोडौं रकममध्ये किन राखिदैन शिक्षामा बजेट? राखिन्छ त किन आइपुग्दैन सम्बन्धित ठाउँमा? एक रहस्यमय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका झलक अरु ठाउँ पनि यस्तै होलान।’

रोल्पा नगरपालिकासँग सिमाना जोडिएको रुन्टीगढी गाउँपालिका १ जेदवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रिठाबोटका प्राय सबै कक्षामा दिनभर पानी चुहिरह्यो। पटकपटक स्थानीय सरकारसँग जस्तापाता माग गरेको विद्यालय प्रशासनले सहयोग नपाएको जनाएको छ। ‘वडा र गाउँपालिकामा माग गरेका छौं तर सहयोग भएको छैन।’ नागरिकसँग कुरा गर्दै प्रअ वलीले भने ‘चिसोमा विद्यार्थीको बिजोग भएको छ।’

गाउँपालिकाका शिक्षा प्रमुखले छानो चुहिने गरेको बिषयमा आफूलाई जानकारी नभएको बताए। ‘भवन माग त गरेका छन् तर छाना चुहिने विषयमा मलाई जानकारी छैन।’ रुन्टीगढी गाउँपालिकाका शिक्षा प्रमुख कुलराज आचार्यले भने ‘छिटै नै समस्या समाधान हुनेछ।’प्रअ वलीका अनुसार यो विद्यालयको पुरानो भवन जीर्ण अवस्थामा रहेको छ। पानी चुहिने समस्या मात्र नभएर भवन नै भत्केला भन्ने चिन्ता रहेको शिक्षकहरु बताउँछन्। त्यसो त केहि वर्षअगाडि बनेको नयाँ भवनमा पनि पानी चुहिएण्छि उनीहरु झनै दिक्क बनेका हुन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...