Wednesday 14th January 2026

धुर्मुसको रंगशाला अभियानलाई कुबेतबाट बलायरले पठाए आर्थिक सहयोग


तितोपाटी – जनस्तर बाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि कुबेतबाट आर्थिक सहयोग पठाईएको छ । चर्चित हास्य कलाकार धुर्मुस सुन्तलीले चितवनमा  शुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई   कुवेतमा कार्यरत एवंम  सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब मान बहादुर बलायरको पहलमा आफु  कार्यरत कम्पनि तारिक अल्घानिममा कार्यरत  नेपालीहरुबाट संकलित रकम जम्मा (२०० केडी ) नेपाली रुपियाँ ७५३७४ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेका छन ।

कुबेतबाट अभियान  चलाएका बलायरको कुवेत आगमन पछि आफ्नो क्षेत्रको “कला संस्कृतिको जगेर्ना”र समाजको प्रतिनिधत्व गर्दै समाजिक र मानविय कार्य गर्दै आएकाछन्। ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बलायर सामजिक कार्यमा सक्रिय रहेका छन ।
चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ । मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपाकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ । यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ ।यसमा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङलगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रङ्गशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...