Wednesday 14th January 2026

योगेश भट्टराईको भ्रमण वर्ष २०२० को र्‍यालीलाई रोक्यो सिड्नी प्रहरीले


तितोपाटी- अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ ।

बिना अनुमति र्‍याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको हो ।कार्यक्रममा सहभागीहरुका अनुसार एनएसडब्लु प्रहरीले अनुमति विना र्‍याली निकालिएको भन्दै सहभागीलाई अघि नबढ्न चेतावनी दिएको हो । सहभागीहरुको समूहले फुटपाथमा हिँड्ने पैदल यात्रीलाई बाधा पार्ने देखिएपछि प्रहरीले रोकेको बुझिएको छ ।.

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईका अतिरिक्त अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल, गैर आवासीय नेपाली संघका पदाधिकारीलगायत सहभागी थिए । अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण वर्ष २०२० प्रचार गर्ने भन्दै पर्यटनमन्त्री भट्टराई केही दिन अगाडि अस्ट्रेलिया पुगेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...