Sunday 26th October 2025

नेकपाले टुंगो लगायो रास्ट्रियसभाका लागि १६ उमेद्वार


तितोपाटी -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने समय तोकिएको उनले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार अनुसार प्रदेश नम्बर १ मा महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी आछामी र देवेन्द्र दाहाल (अन्य) को नाम टुंगो लगाएको हो । त्यसैगरी प्रदेश नम्बर २ मा तुलशा दाहाल (महिला), राधेश्याम पाश्वान (दलित), प्रदेश नम्बर ३ मा गंगा बेलवासे (महिला), वेदुराम भुसाल (अन्य) र गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) को नाम टुंगो लगाएको छ । त्यस्तै प्रदेश नम्बर ५ मा विमला घिमिरे (महिला), अपाङ्गता तथा अल्पशंख्यकबाट जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई, प्रदेश नम्बर ६ मा मायाप्रसाद शर्मा (अन्य), सुमित्रा विसि (महिला) तथा सुदूरपश्चिम प्रदेशमा तारामान स्वार (अन्य) र शारदा भट्ट (महिला) बाट उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको छ । नेकपाले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेको छ । एक जना (अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा) राष्टिपतिले मनोनयन गर्नेछन् ।

नेकपासँग राष्ट्रिसभा सदस्यका लागि तालमेल गर्ने राष्ट्रिय जनाता पार्टीले आजै बैठक गरी उम्मेदवार टुङ्गो लगाउने बताएको छ । ‘आज साँझसम्म उम्मेदवारको टुङ्गो लगाउँछौं,’ राजपाका महासचिव केशव झाले नयाँ पत्रिकासँग भने ।९ माघमा १८ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

प्रतिकृयाहरू
...