Tuesday 31st March 2026

सुजाता भन्छिन-देउवाले कांग्रेस सिध्याए


तितोपाटी-नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले शेरबहादुर देउवाले अब पनि पार्टीलाई मिलाएर नलगे अर्को चुनाबमा कांग्रेस शून्यमा पुग्ने बताएकी छन् । उनले पार्टीमा एकता नभए अर्को चुनावमा कसैले भोट नदिने उल्लेख गरिन्। प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले भनिन, ‘पार्टी मिलेन भने अर्को चुनावमा कसैले भोट हाल्दैन । गिरिजाप्रसाद कोइरालाको छोरी सुजता कोइरालाको हात पनि काप्छ।’नेतृ कोइरालले सभापति शेरबहादुर देउवाले आफू सभापति बन्न पार्टीलाई समाप्त पार्न लागेको आरोप लगाइन् । ‘लोभ लालचाले पद्धति मिचेर पार्टीलाई सिध्याउने काम भइरहेको छ । विधानलाई बारबार परिवर्तन गर्यो भने पार्टी कम्जोर हुन्छ की हुन्न, उनले भनिन्, ‘सानो सानो गुट बनाएर सभापति जितेर के अर्थ हुन्छ र। चुनाब जित्नुपर्यो नि । पार्टीलाई मिलाउनुस् सभापति जित्नुस् न ।’

नेतृ कोइरालाले सरकारका गलत क्रियाकलापका विरुद्ध उठिरहेका आवजलाई दबाउनकै लागि सूचना प्रविधि विधेयक ल्याउन लागेको दाबी गरिन् । ‘कानुन आफूलाई बचाउ गर्नका लागि हुँदैन । आफू भ्रष्टाचार गर्ने अनि मेरो बारेमा नबोल्दियोस् भनेर कानुन बनाउने ? त्यो मान्य हुँदैन ।’ निर्मलाका बलात्कारी र हत्याराविरुद्ध सरकार र सरकार नेतृत्वको पार्टीका सभासदर समेत चुइक्‍क नबोल्नुले सरकार र नेकपा जनताको पक्षमा नभइ आफ्नो पार्टी हितका पक्षमा मात्रै लागेको आरोप कोइरालाको छ।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...