Wednesday 14th January 2026

सौतेलो बुवाद्धारा ४वर्षीया छोरीको बलात्कार गरी हत्या


तीतोपाटी-कञ्चनपुरमा सौतेलो बुबाले चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा केही बेर अघि ३० वर्षीया इन्द्र चुनाराले चार वर्षीया छोरी सुशिलाको हत्या गरेको आरोप लागेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा चुनारालाई पक्राउ गरिएको जानकारी दिए। बालीकाको बलात्कारपछि हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको उनले बताए।

बालिकाको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। चुनारा मदिरामा लठ्ठ रहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...