Monday 27th October 2025

नेकपाको निर्णय : प्रदेश ३ को नाम बागमती, राजधानी हेटौंडा


तितोपाटी- प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा नै तोक्न प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने नेकपाले निर्णय गरेको छ।

आइतबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।प्रदेश ३ मा सत्तारुढ नेकपाकै सांसदहरु नाम र राजधानीका विषयमा विभाजित छन्।

कतिपय सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई नै राजधानी तोक्न चाहेकाले यसमा ढिलाइ भएको आरोप लगाउँदै आएका थिए।मुख्यमन्त्री पौडेलले भने यसको निर्णय पार्टी केन्द्रबाबाटै हुनुपर्ने बताएका थिए।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच विवाद थियो।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

प्रतिकृयाहरू
...