Friday 24th October 2025

पक्राउ परेका १२२ चिनियाँबारे प्रहरीले थाल्यो अनुसन्धान


तितोपाटी- शङ्कास्पद गतिविधि सञ्चालन गरेको आशङ्कामा पक्राउ परेका चिनियाँ नागरिकको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधिको बारेमा अनुसन्धान सुरु भएको बताए ।

काठमाडौँका बिभिन्न सात ठाउँमा छापा मारेर प्रहरीले सोमबार १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सिङ्गो घर भाडामा लिएर चिनियाँ नागरिक बसोवास गर्न थालेको सूचना प्रहरीलाई हप्ता दिनअघि नै प्राप्त भएको थियो । समूह बनाएर बस्ने र साँझ विहान फौजीको जस्तो परेड खेल्ने गरेको जानकारी स्थानीयवासीले दिएका थिए ।

सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त छापा मारेको हो । पक्राउ परेका चिनियाँ नागरिकले सूचना प्रविधिको क्षेत्रमा मजदुरको रूपमा काम गर्ने गरेको प्रारम्भीक वयान दिएका छन् । उनीहरूलाई पक्राउ गर्न चीनबाट नै सुरक्षा अधिकारी नेपाल आएको बुझिएको छ ।


सम्बन्धित शीर्षकहरु

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

साउदी अरेबियाले काफाला प्रणाली (स्पोन्सर प्रणाली)लाई अन्त्य गरेको छ । यो श्रमिकहरूका लागि प्रायोजक (स्पोन्सर) मोडेल थियो, जसले लाखौँ विदेशी…

"युवा शक्ति कुवेत" को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक…

प्रतिकृयाहरू
...