Friday 24th October 2025

पत्नीसहित गाउँपालिका अध्यक्षको अपहरण


तितोपाटी- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए।

भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका-२स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका हुन्।उक्त समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको हस्तले जानकारी दिए ।

शाहीदम्पतिलाई विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि नभएको बताए . आइतबार बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले जानकारी दिए। अन्नपूर्ण पोष्टबाट


सम्बन्धित शीर्षकहरु

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

साउदी अरेबियाले काफाला प्रणाली (स्पोन्सर प्रणाली)लाई अन्त्य गरेको छ । यो श्रमिकहरूका लागि प्रायोजक (स्पोन्सर) मोडेल थियो, जसले लाखौँ विदेशी…

"युवा शक्ति कुवेत" को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक…

प्रतिकृयाहरू
...