Sunday 5th April 2026

२८ वर्षपछि धरानमा कांग्रेसलाई सफलता, तिलक राई विजयी


तितोपाटी- २८ वर्षपछि धरानमा कांग्रेसले सफलता हात पारेको छ । मनमोहन अधिकारीले जितेपछि २०४७ देखि नियमित कम्युनिष्टले जित्दै आएको धरानमा लालकिल्ला तोडिएको हो ।
कांग्रेसबाट मेयर पदका उम्मेद्वार बनेका तिलक राईले २६७०९ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याए । नयाँ इतिहास बनाउँदै २७९५ मतको अन्तरले उनले विजय हासिल गरेका हुन् ।
उनले जितपछि सबै दलका धरानेको मत पाएर आफू विजयी बनेको र यो खुशीसँगै काम पनि गरेर देखाउने बताए । ‘धरानलाई भ्रष्टाचारमुक्त बताउँदै विकासलाई पहिलो प्राथमिकता राख्छु ।’ उनले थपे, ‘जनताले करमा कर कर गरेकै हुन्, त्यो पनि वैज्ञानिक बनाउँछु ।’ उनले जनताको सेवा गरेवापत कुनैपनि सेवा सुविधा नलिने घोषणा यसअघि नै गरिसकेका छन् । विजयी बनेपछि आजै विजय जुलुस निकालिने कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...