Saturday 20th September 2025

२८ वर्षपछि धरानमा कांग्रेसलाई सफलता, तिलक राई विजयी


तितोपाटी- २८ वर्षपछि धरानमा कांग्रेसले सफलता हात पारेको छ । मनमोहन अधिकारीले जितेपछि २०४७ देखि नियमित कम्युनिष्टले जित्दै आएको धरानमा लालकिल्ला तोडिएको हो ।
कांग्रेसबाट मेयर पदका उम्मेद्वार बनेका तिलक राईले २६७०९ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याए । नयाँ इतिहास बनाउँदै २७९५ मतको अन्तरले उनले विजय हासिल गरेका हुन् ।
उनले जितपछि सबै दलका धरानेको मत पाएर आफू विजयी बनेको र यो खुशीसँगै काम पनि गरेर देखाउने बताए । ‘धरानलाई भ्रष्टाचारमुक्त बताउँदै विकासलाई पहिलो प्राथमिकता राख्छु ।’ उनले थपे, ‘जनताले करमा कर कर गरेकै हुन्, त्यो पनि वैज्ञानिक बनाउँछु ।’ उनले जनताको सेवा गरेवापत कुनैपनि सेवा सुविधा नलिने घोषणा यसअघि नै गरिसकेका छन् । विजयी बनेपछि आजै विजय जुलुस निकालिने कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...