Tuesday 7th April 2026

सागमा नेपालको झण्डा कमलले बोक्ने


तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटनमा नेपाली खेलाडीहरुको मार्चपासमा राष्ट्रिय झण्डा भारोत्तोलनका ओलम्पियन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्।

नेपाल ओलम्पिक कमिटि एनओसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उद्घाटनमा नेपालको झन्डा कमलले बोक्ने टुंगो लगाएको हो।१३ औं सागमा सहभागी जनाउने नेपाली खेलाडी मध्येमा अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिकमा समेत सहभागिता जनाईसकेको कारण कमललाई झण्डा बोक्न दिने निर्णय गरेको एनओसीले जनाएको छ।यसअघि कमलसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न सिफारिस गरिएको थियो।अधिकारीले ईन्डोनेसियाको जकार्तामा भएको एशियाली खेलकुदमा पनि नेपालको झण्डा बोकेका थिए।

त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापालाई निर्णायकका तर्फबाट सागमा सपथ गराइने भएको छ। खेलाडीको सपथ भने तेक्वान्दोकी आयशा शाक्यले लिने भएकी छिन्।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...