Saturday 18th May 2024

बिमल सहित राष्ट्रिय चार खेलाडी टिमबाट बर्खास्त


तितोपाटी-राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई अखिल नेपाल फुटब संघ (एन्फा)ले कारबाही गरेको छ ।

विश्वकप छनोटको होम खेलमा कुवेतस‌ँग खेल्ने टिममा रहेका विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो ।चार खेलाडी शुक्रबार राति ठमेलस्थि लाउन्च वारमा गएको भेटिएपछि कारबाही गरेको हो ।कारबाहीमा परेका विमल सहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने छैनन् । चार जनै खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ । करबाहीको विषय भने एन्फाले खुलाएको छैन ।यसअघि समेत विमलसहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...