Friday 14th November 2025

भारत द्वारा उत्तर प्रदेशसँग जोडिएको नेपाली सीमा बन्द


तितोपाटी-भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका उच्च सुरक्षा अधिकारीहरुसँगको छलफलपछि नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेका हुन् । आधिकारिक परिचय पत्रबिना कसैलाई पनि सीमामा ओहोरदोहोर गर्न नदिने उत्तर प्रदेशका गृह सचिव अविनाश अवस्थीले जनाएका छन् ।

मुद्दाको फैसला सुनाउने तयारी भएसँगै अयोध्यासहित उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको छ । हिन्दू र मुस्लिम सम्प्रदायबीच अयोध्यामा रहेको यो भूमिलाई लिएर लामो समयदेखि विवाद छ । हिन्दूले विवादास्पद भूमि राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...