Saturday 14th March 2026

भारत द्वारा उत्तर प्रदेशसँग जोडिएको नेपाली सीमा बन्द


तितोपाटी-भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका उच्च सुरक्षा अधिकारीहरुसँगको छलफलपछि नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेका हुन् । आधिकारिक परिचय पत्रबिना कसैलाई पनि सीमामा ओहोरदोहोर गर्न नदिने उत्तर प्रदेशका गृह सचिव अविनाश अवस्थीले जनाएका छन् ।

मुद्दाको फैसला सुनाउने तयारी भएसँगै अयोध्यासहित उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको छ । हिन्दू र मुस्लिम सम्प्रदायबीच अयोध्यामा रहेको यो भूमिलाई लिएर लामो समयदेखि विवाद छ । हिन्दूले विवादास्पद भूमि राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...