Saturday 4th April 2026

हट्यो कृष्णनगरको कर्फ्यू


तितोपाटी-कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ६ बजेबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक विज्ञप्तिमार्फत् कर्फ्यू हटाइएको जानकारी गराएको छ।

कृष्णनगर बजार क्षेत्रभित्र लक्ष्मी पूजाको मूर्ति विसर्जनको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनाब उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको थियो। बिहीबार दुई पक्षबीच तनाब उत्पन्न हुँदा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक २० वर्षीय सुरज पाण्डेको ज्यान समेत गएको थियो।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...