Friday 3rd April 2026

जेठानीद्वारा छुरा प्रहार गरी देवरानीको हत्या,पछि आफैमाथि गरिन् छुरा प्रहार


तितोपाटी- धनुषामा जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका १ झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी छन् ।

सोमबार साँझ घरायसी विवादको कारण जेठानी सुनौलले देवरानी सहानीको शरीर भरी ५ ठाउँमा छुरा प्रहार गरेकी थिइन् । त्यसपछि जेठानी सुनौलले स्वयम आफ्नै पेटमा समेत आफैले छुरा प्रहार गरी घाइते भएकी छन् । उपचारको क्रममा जनकपुरको काव्या हस्पिटलमा ल्याएको बेला देवरानी सहानीको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । यस्तै आफ्नै छुरा पेटमा प्रहार गरी गम्भीर घाइते भएकी जेठानी सुनौलको उपचार जनकपुर अंचल अस्पतालको आईसियुमा भइरहेको जनाएको उहाँले बताउनुभयो ।

मृतक सहानी सुनौलकी कान्छो देवर विवरण राईनकी श्रीमती हुन् । मृतक सहानीको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साभार सौराहा अनलाइन


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...