Friday 3rd April 2026

अर्घाखाँची जिल्ला नरपानीमा जीप दुर्घटना, तीन जनाको मृत्यु


तितोपाटी- अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड ७ को नरपानीमा स्कार्पियो जीप दुर्घटना भएको छ । दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ ज ४३३९ नम्बरको बलेरो जीप नरपानी नजिकै दुर्घटना हुँदा अरु ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाईतेकाे उद्वारपछि जिल्ला अस्पतला अर्घाखाँचीमा उपचार भईरहेकाे छ ।घटनाको थप विवरण आउन बाँकी छ ।मृत्‍यु हुनेहरुको पहिचान खुल्न सकेको छैन् । जीप अन्दाजी ५ सय मिटर तल खसेको छ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...