Monday 29th April 2024

डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता


तितोपाटी- फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।

इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ । आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो । आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन्


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...