Thursday 15th October 2026

सबै जग्गाको विवरण अव अनलाइनमा ,गलत कारोबार रोकिने


तितोपाटी- सरकारले जग्गाको गलत रूपमा हुने कारोबार निरुत्साहित गर्ने भएको छ । देशभरका सबै जग्गालाई पहिचान खुल्ने गरी अनलाइन प्रणालीमा अभिलेख राखेर यस्तो कामलाई निरुत्साहित गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लागू गरेको ‘ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’मा सबै जग्गाको विवरण राख्ने काम भइरहेको छ ।

यो प्रणालीले जग्गाको अनलाइन रेकर्ड राख्ने काम गर्दछ । यसलाई देशभर विस्तार गरिँदै छ । यो प्रणालीमा जमिनको सूचना अद्यावधिक गरेपछि जमिनको गलत कारोबार पूरै रोकिने मन्त्रालयको विश्वास छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीका अनुसार जमिनको अनलाइन सूचना प्रणाली लागू हुँदा सम्पूर्ण जग्गाको एकीकृत विवरण केन्द्रीय सर्भरमा आउने भएकाले कहाँ कहाँ के कति जमिन छ, सम्पूर्ण विवरण एकैपटक हेर्न मिल्नेछ । जग्गा हदबन्दीलाई व्यवस्थित रूपमा लागू गर्न पनि यसले सहयोग पुग्ने अधिकारीहरूको भनाइ छ ।

यो प्रणालीले देशका सरकारी र व्यक्तिका जग्गाको विवरण पनि रहनेछ ।

गोरखापत्र दैनिकमा खबर छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...