Tuesday 11th August 2026

के चन्द्रमामा देखिएका दाग जस्ता बस्तु त्यहाँको पहाड र मैदानको छायाँ हो त ?


एजेन्सी – चन्द्रमा पृथ्वीको एकमात्र उपग्रह हो । विज्ञानका अनुसार चन्द्रमा अाफैं चम्केको नभएर सुर्यको पुकाश चन्द्रमामा परेर चन्द्रमा चम्केको जस्तो देखिएको हो । यो साैर्य मण्डलको सबैभन्दा ठुलो उपग्रह पनि हो । पृथ्वीबाट झण्डै ४ लाख किमि टाढा रहेको चन्द्रमा अहिलेसम्म पनि रहस्यमय विषय बनेको छ। प्राचीन युनानी र रोमन सभ्यताको समयमा चन्द्रमालाई सफा र स्वच्छ अनि मुलायम छ भनेर विश्वास गरिन्थ्यो। तर उनीहरुलाई यो थाहा थिएन कि उसको सतहमा फोहोरको छिट्टा र दागहरु प्रशस्त मात्रामा थिए। ९० को दशकमा प्लुटार्कले लेखेका थिए, चन्द्रमामा देखिएका दाग, धब्बाहरु त्यहाँ रहेका पहाड र मैदानहरुको छायाँ हो । त्यसैले चन्द्रमा मानव जातिको बसोबासको लागि अनुकुल हुन सक्छ।

चन्द्रमाको बारेमा दिइएका यी जानकारीहरुलाई कसैले पनि मान्न तयार भएनन्। तर कहिले अज्ञानता पनि वरदान हुँदो रहेछ। चन्द्रमा सम्बन्धि उठेका धेरै प्रश्नहरुको जवाफ नपाएको कारण यसको बारेमा स्पष्ट धारणा बनाउनका लागि सिद्धान्त, भनाई र कल्पनालाई अगाडी सारियो। टेलिस्कोपको माध्यमबाट चन्द्रमालाई स्पष्ट रुपमा देख्ने अवसर पाए। तर त्यहाँ कुनै पनि प्राणीको अस्तित्व छ वा छैन भन्ने कसैलाई थाहा हुन भने सकेन। यसको आधारमा त्यहाँ बस्ने कोही पनि मर्ने छैनन् भन्ने धारणा मानिसले बनाए। दोस्रो विश्वयुद्धताका चन्द्रमाप्रति चलेका हल्लाहरु मध्ये यो पनि थियो कि जर्मनीहरुले आफ्नो हितका लागि केही गोप्य सुविधाहरु चन्द्रमामा सुरु गरेको, यस्तै अर्को हल्ला थियो, हिटलरले आफु मरेको झुठो खबर फैलाए, जब कि उनी चन्द्रमामा गएर गोप्य रुपले बसिरहेका छन्।

न्यूयोर्कस्थित मेट्रोपोलिटन म्यूजियम अफ अपोलोज म्यूजः द मुन इन द एज अफ फोटोग्राफी नामक एउटा प्रदर्शनी पनि सुरु भयो। जसमा विगत चार शताब्दीदेखि चन्द्रमाको इतिहासबारे बताउँदै आएको छ। यहीं प्रदर्शनीमा चन्द्रमासँग सम्बन्धित खगोल विज्ञान खोजे, जो सामान्य आकार भन्दा धेरै ठुलो तीन सय चित्रहरु, उपकरणहरु (एउटा टेलिस्कोप, एउटा पुरानो फोटो, दुई वटा मून ग्लोब र खगोल वैज्ञानिकहरुले प्रयोग गरेका हासेल ब्लैड क्यामेरा) र केही चलचित्रका भाग जस्ता विज्ञान र कलालाई सम्मोहित गर्ने समागम झै देखिने वस्तु।

यो चित्रले खगोल वैज्ञानिकहरुको ज्ञानको अपरिचित खोज र उपकरणीय सफलता तथा चन्द्रमाका बारेमा कलाकारहरुको धारणा तथा कल्पनाको बारेमा बताउँछ। यो प्रदर्शनी जान्ने र खोजी गर्ने मानवीय इच्छाको बारेमा त बताउँछ नै साथै यसले टेलिस्कोपको खोजको समयदेखि लिएर ५० वर्ष पहिला चन्द्रमामा परेको मानव पाइला तथा चन्द्रमाको फोटो खिच्नतर्फ बढेको प्रवृत्तिको बारेमा पनि बताउँछ।

मेटको डिपार्टमेन्ट अफ फोटोग्राफीको क्यूरेटर मिया फिनेम्यानमा बाल्टीमोर काउँटीस्थित मैरील्यान्ड यूनिभर्सिटीको एलबिन ओ कन लाईब्रेरी एण्ड ग्यालरीको क्यूटर र स्पेशल कलेक्सन्स हेड विथ सौंडर्ससँग मिलेर उक्त प्रदर्शनीको आयोजना गर्ने गर्छ। यति मात्र नभएर यो दुईले यो प्रदर्शनीको सूचनामुलक पम्प्लेटको लागि लेखसमेत लेखेका थिए।

सन् १६०८ मा टेलिस्कोपको आविस्कार पश्चात चन्द्रमाको रहस्य पत्ता लाग्न सक्ने सम्भावना देखिएको थियो। १६०९ मा ग्यालिलीयोले चन्द्रमाको आकृति बनाए, जसले उसको बारेमा सबैभन्दा आधिकारीक ढंगबाट बताउन सक्थे। अंग्रेजी गणित विशेषज्ञ तथा खगोल विज्ञानका विद्वान थोमस हेरिओटले टेलिस्कोपबाट चन्द्रमाको बारेमा ग्यालिलियो भन्दा पहिले नै बताएका थिए। तर उनको यो विचार धेरै समयपछि प्रकाशित भयो र चन्द्रमामा भएका दागहरुबारे केही भनिएको थिएन्। ग्यालिलियोलाई महसुस भयो चन्द्रमामा देखिएका दाग र धब्बाहरु पहाडहरुका छाँया हुन्। सो प्रदर्शनीमा ग्यालिलियोको दुईवटा चित्रहरु राखिएको थियो।

१७ औं शताब्दीमा टेलिस्कोपको विकास भएसँगै मानव जातिले सानो भन्दा पनि सानो वस्तुलाई सहजै रुपले देख्न सक्षम भए। जोनेस हेवेलियसले सन १६४७ मा सेलेनोग्राफी नामक एक मून एटलस प्रकाशित गरे। यूनानी परम्पराका अनुसार सेलेना चन्द्रमाको देवीको नाम हो। यसलाई चन्द्रमामा केन्द्रित पहिलो किताव भन्ने गरिन्छ। खगोल वैज्ञानिकहरुले चन्द्रमालाई जस्तो देखे त्यस्तै चित्र बनाए। कलाकारहरुले ती चित्रलाई अझ राम्रो बनाए। फ्रेन्चका कलाकार क्लोदे मेलनले सन् १६३५ मा चन्द्रमाको जुन रेखाचित्र बनाएका थिए त्यो सुन्दर मात्र नभएर यति मिलेका र आकर्षित थिए की दुई शताब्दीसम्म पनि केही कलाकारले त्यो भन्दा उत्कृष्ट रेखाचित्र बनाउन सकेनन्।

२० औं शताब्दीतिर चन्द्रमा माया गर्ने वस्तु भइसकेको थियो। पोटे«ट स्टुडियोजले हासिरहेको अर्धचन्द्रमा आकृति बनाएर चर्चित बनाइ दिएको थियो। जब नासाले आफ्नो चन्द्रमा अभियान सुरु गर्यो, त्यसबेलासम्म चन्द्रमा गम्भीर बहसको विषय बनिसकेको थियो। नासाको मानवरहित अभियानले चन्द्रमाको नजिकबाट फोटो लियो र अवतरण स्थान पनि खोज्यो। तर निल आर्मस्टङले आफुलाई दिएको निर्देश विपरित अवतरणस्थल छनौट गरे। सुरुमा आलोचकहरुले अपोलो अभियानलाई झुठो भएको बताए। तर अमेरिकीहरुले दुखान्त, उथलपुथलका साथ शितयुद्धको एक दशक पश्चात यस अभियानलाई राष्ट्रको गौरव बढाउने अवसरको रुपमा लिए।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

न्युयोर्क, १० अगस्ट २०२६ — अमेरिकी संघीय न्यायाधीशले भारतीय अर्बपति गौतम अडानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा…

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

प्रतिकृयाहरू
...