Tuesday 20th January 2026

विरक्तिएको मन


जाडो यसै गर्मी भन्दा छैन कतै शितल ।
फूलबारी छैन यहाँ, छैन बर पिपल ।।

पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ।
भाको सबै गट्याम गुटुम पारी लान सक्छ।।

भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल।
दुःखै दुःख विदेशमा कर्मसंगै कपाल।।

बाध्यताले खाडी मुलुक टोलाउँदैछन् आँखा।
मलाई संझी रुँदै होलान गाउँका डाँडा पाखा।।

बल वैंश जोश जाँगर विदेशमा सबै।
बुढो ज्यान फर्केपछि के गर्नु र कठै।।

छबिराम सुनार “निर्दोष” (डेढ गाउँले भाञ्जा)

नोटः यस कविताका रचनाकार अलमुल्लाह मनी एक्सचेन्जमा काम गर्नु हुन्छ।

वहाँसँग पैसाको रेटको बारेमा पनि सोध्न सक्नु हुन्छ।

फोन नम्बर- 55708445 ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...