Friday 28th August 2026

पारस र सोमपाल दुबै जना उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा


तितोपाटी – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ । मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो । पारस खड्का अघिल्लो संस्करणका उत्कृष्ट वर्ष खेलाडी हुन ।

नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ औ संस्करण आगामी असार १७ गते आयोजना हुदैछ । यस पटकको अवार्ड कार्यक्रममा ९ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसअघि नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस अवार्डमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन अर्वाडका लागि मनोनयनमा परेका छन् । सन्दीप लगातार दोस्रो पटक यस विधामा मनोनयनमा परेका हुन् । यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् ।अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

वर्ष उत्कृष्ट पुरुष खेलाडी

पारस खड्का (क्रिकेट), सोमपाल कामी (क्रिकेट), शुक्रबहादुर राई (गल्फ), इन्द्रबहादुर श्रेष्ठ (जुडो), युकेश गुरुङ (पाराग्लाइडिङ)

वर्ष उत्कृष्ट महिला खेलाडी

सावित्रा भण्डारी (फुटबल), सरस्वती चौधरी (भलिबल), सीता रानामगर (क्रिकेट), नीमा गुरुङ (तेक्वान्दो), मनिता श्रेष्ठ प्रधान (जुडो),

वर्ष उत्कृष्ट युवा खेलाडी 

अजितकुमार यादव (एथलेटिक्स), प्रिन्स दाहाल (ब्याडमिन्टन), मञ्जलीकुमारी योञ्जन (फुटबल), ललितनारायण राजवंशी (क्रिकेट), विजय श्रेष्ठ (कराते)

वर्ष उत्कृष्ट प्रशिक्षक

योगेश भट्टराई (प्याराग्लाइडिङ), हरि खड्का (फुटबल), धनीरामचौधरी (एथलेटिक्स), जगत टमाटा (क्रिकेट), ज्ञानेन्द्र बिष्ट (भलिबल–एपिएफ)


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...