Thursday 27th August 2026

इटहरीका मेयर चाैधरी पुनः अर्को विवादमा तानिए


तितोपाटी – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चाैधरी फेरी अर्को विवादमा तानिएका छन् । इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान स्थानीयले खुला कार्यक्रम आयोजना गरेको यौन क्रियाकलाप न्युनिकरण विषयक कार्यक्रममा अतिथिको रूपबाट बोल्ने क्रममा बोलेका शब्दहरूलाइ लिएर विवादमा तानिएका हुन । सो कार्यक्रममा उनले ‘र…डी” शब्द बारम्बार प्रयोग गरे पछि विवादमा तानिएका हुन् ।

यसैबीच महिला सञ्जाल इटहरी उपमहानगर समितिले चौधरीले बोलेको शब्दप्रति आपत्ति जनाएको छ। चौधरीले बोलेको शब्दले महिलाको अस्मितामा नै आँच आएको भन्दै इटहरीका ४० बढी महिलावादी संस्थाको साझा सञ्जालले आपत्ति जनाएको हो । सञ्जालकी अध्यक्ष विमला ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरु इटहरी उपमहानगरपालिकाले गरेका सामाजिक विकास, महिला हिंसा न्युनिकरणका कार्यक्रममा सहभागिता जनाउन प्रतिबद्ध रहेको समेत विज्ञप्तीमा जनाइएको छ।

कार्यक्रममा बोल्ने वक्ताले कसैले प्रहरीको भूमिका प्रभावकारी नभएको बताए त कसैले होटल सञ्चालकहरु नाफामुखी भएर वेश्यावृत्ती गराएको आरोप लगाए। प्रदेश सांसद लिलम बस्नेतले त रेड राइट एरियाको व्यवस्था गर्नुपर्नेमा जोडनै दिए।

कार्यक्रमलाई इटहरीका मेयर द्वारिकलाल चौधरीले बोलेको शब्दका कारण त्यहाँ रहेका महिलाले अफ्ठेरो अनुभव गरेका थिए। उनले लबिपुर क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वेश्यावृत्ती हुने गरेको भन्दै रोक्नका लागि सबैले पहल गर्नुपर्ने आशयका भनाइ राख्दा राख्दै उनले सो शब्द उच्चारण गरेका हुन्। सो क्षेत्रका होटलमा वेश्यावृत्ती भइरहेको र त्यसलाई रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले वडा नम्बर १६ र १७ को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पुगेका मेयर चौधरीले ‘र…डी जिन्दावाद’ भन्ने शब्दलाई बारम्बार दोहोर्याएका थिए।

उनले सो क्षेत्रमा वेश्यावृत्तीले नराम्रो प्रभाव पारेको बताउँदै यौन गतिविधिका कारण त्यहाँको व्यापार चल्ने गरेको बताए। ‘मनोरन्जन गर्न र…डी चाइया छ, घरभाडा लगाउन र…डी चाइया छ, कण्डम बेच्न र…डी चाइया छ, चक्की (पिल्स) बेच्न र…डी चाइया छ, र…डी जिन्दावाद,’ भन्दै ‘यहाँ र…डीको कारण कस्मेटिक पसल, घरभाडा, दबाई दोकान चल्दो रैछ भनेर सम्बोधनमा र…डी शब्द प्रयोग गरेका थिए ।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...