Thursday 19th March 2026

श्वास गन्हाउने समस्या र समाधानका उपायहरू


तितोपाटी – श्वास गन्हाउने समस्या केवल शारीरिक स्वास्थ्य समस्या मात्र रहँदैन, यसबाट मानसिक पीडा पनि पैदा हुन्छ । स्वास गन्हाउने मानिससँग अरु नजिक पर्न चाहँदैनन् र सिधा अनुहार पारेर कुराकानी गर्न पनि चाहँदैनन् । त्यसैले यो ब्यावसायिक तथा सामाजिक जिवनका लागि पनि पीडादायक हुन्छ । श्वास गन्हाउने समस्या व्यक्तिगत भए तापनि समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्छ। श्वास गन्हाउने समस्या भएका मानिस अलि कमजोर र मानसिकरूपमा डिप्रेशनमा हुन्छन्।योे समस्या सानो भए पनि यसले शरीरमा भएको रोग र मुखभित्र भएका रोगको बारेमा अप्रत्यक्ष रूपमा जानकारी दिन्छ । श्वास गन्हाउने समस्या लामो समयदेखि छ भने मुख वा अन्य ठाउँमा क्यान्सर पनि भएको हुन सक्छ। श्वास गन्हाउने समस्या भनेको नराम्रो अथवा नमीठो गन्ध आउनु हो जसले मुख स्वास्थ र शरीर स्वास्थ राम्रो छैन भन्ने दर्शाउँछ। स्वास गन्हाउनुका विभिन्न कारण हुनसक्छन् ।

स्वास गन्हाउनुको कारणहरूः

१. खानेकुरा (जस्तै– प्याज, लसुन, मसला),२. पानी कम पिउनाले,३. जिब्रो सफा नगर्नाले,४. कफीको धेरै प्रयोगले,५. सही तरिकाले ब्रसिङ र फलसिङ नगर्नाले,६. नक्कली दाँत राम्ररी सफा नगर्नाले,७. एउटै ब्रस धेरै समय प्रयोग गर्नाले,८. टन्सिलको ढुंगाले गर्दा, ९. खानापछि  कुल्ला नगर्दा,१०. चिनीयुक्तचुइगम प्रयोगले, ११. गुलियोधेरै खाँदा, १२. गिजा सुन्निएर पाइरिया भएमा,  १३. पिनासको संक्रमण भएमा, १४. धूमपान गरेमा,१५. मद्यपान धेरै गरेमा, १६. दाँत कीराले खाएर खाल्डो भएमा, १७. दाँत तथा मुखको उपचार गराउँदा राम्रोसँग मुख सफा नराख्दा, १८.  मुखभित्र घाउ-खटिरा भएमा,१९. टन्सिलाइटिस भएमा,२०. सुतेका बेला घुरेमा,२१. एसिडिटी भएमा, २२.स्वास नलीमा संक्रमणभएमा,२३. फोक्सोमा संक्रमणभएमा, २४. खाने नलीमा घाउ भएमा, २५. पेटमा  घाउछ भने,२६. शरीरमा चिनीको मात्रा धेरै भएमा,२७, पेट, फोक्सो, खानेनलीमा क्यान्सर भएमा,२८. नाइट्रेटस्  सिल्पिङ ट्याब्लेट आदि प्रयोग गर्नाले,२९. जोग्रेनसिन्ड्रोमरोग लागेमा,३०. मुखको संक्रमण भएमा, ३१. कलेजोले काम नगरेमा, ३२. मिर्गाैला फेल भएमा,३३. रेडियोथेरापी, क्यान्सरको उपचार गराएमा पनि।

समाधानका उपायहरूः

श्वास गन्हाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने किनकि यो ब्रस र फ्लस गर्दा पनि जाँदैन।२. पानी पर्याप्त पिउने जसले शरीरमा सन्तुलन गर्छ र मुख सुक्खा हुन्न।३. टङ क्लिनरले जिब्रोलाई नियमित सफा राख्ने।४. कफी र गुलियो खानेकुरा कम गर्ने।५. सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने।६. नक्कली दाँतको उपचार गर्दा अझ खाना अड्किने,राम्रो सफा नहुनेलाई राम्रोसँग सफा  गर्ने।७. एउटै ब्रस ३ महिनाभन्दा बढी प्रयोग नगर्ने।८. टन्सिलको ढुङ्गाको उपचार गर्ने। ९. खाना खाएपछि कुल्ला गर्ने।१०. गुलियो अथवा चकलेट, चुइगम कम प्रयोग गर्ने। ११.गिजा सुन्निए उपचार गर्ने।१२. पिनास, टन्सिलको उपचार गर्ने। १३. धूमपान अथवा सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने।१४. दन्ते  सडनको उपचार  गर्ने।१५. घाउ÷खटिरा र रातो, सेतो प्रकारका घाउको उपचार गर्ने।१६. मुखमा क्यान्सर छ भने उपचार गर्ने।१७. मुखमा अम्लको मात्रा आउन नदिने।१८. खानपान र पेटको उपचार सही ढंगले गर्ने।१९. स्वास प्रस्वास नली र फोक्सोको समस्या छ भनेउपचार गर्ने।२०. डाइबेटिज नियन्त्रणमा राख्ने।२१. नियमितरूपमा दन्त चिकित्सकलाई देखाउने।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...