Sunday 25th October 2026

जुलाई ५ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा जाउ रक्तदान कार्यक्रममा सहभागी बनौ


तितोपाटी – रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।

रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै, बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको त्यो रक्तदान अभियान समाजको छैटौ श्रीङ्खला हो । मनुष्यलाई जीबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या अन्य कारणवश अत्यावश्यक पर्ने अमुल्य बस्तु “रगत” विश्वको एक कुनाबाट दान गरेर अर्को कुनामा तड्पिएकाहरुको जीवन बचाउन सकिने भएकोले यस किसिमको मानवीय कार्यमा तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ६ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक तमु समाज कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ ।

मिति : ५ जुलाई २०१९ शुक्रबार
समय : दिनको ठिक १२ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक  : तमु समाज कुवेत


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...