Thursday 10th September 2026

जुलाई ५ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा जाउ रक्तदान कार्यक्रममा सहभागी बनौ


तितोपाटी – रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।

रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै, बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको त्यो रक्तदान अभियान समाजको छैटौ श्रीङ्खला हो । मनुष्यलाई जीबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या अन्य कारणवश अत्यावश्यक पर्ने अमुल्य बस्तु “रगत” विश्वको एक कुनाबाट दान गरेर अर्को कुनामा तड्पिएकाहरुको जीवन बचाउन सकिने भएकोले यस किसिमको मानवीय कार्यमा तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ६ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक तमु समाज कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ ।

मिति : ५ जुलाई २०१९ शुक्रबार
समय : दिनको ठिक १२ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक  : तमु समाज कुवेत


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...