Friday 16th January 2026

एनआरएन अष्ट्रेलियामा ३ समुहको प्रतिश्पर्धा, उम्मेदवारी मात्रै ४००


तितोपाटी – एनआरएन अष्ट्रेलियामा यस पटक डेमोक्रयाटको दुई र प्रगतिशिलको एक समूहबीच प्रतिस्पर्धा देखिएको छ। यी तीनै समूहले हरियो, रातो र निलो कलर मार्फत आ–आफ्नै समूहगत पोष्टर र नारा चयन गर्दै अगाडि बढेको देखिएको छ। राता, हरिया र निला कलरमा रंगिएका उम्मेद्वारका पोष्टरहरु यतिखेर अष्ट्रेलियाको नपाली समाजमा चर्चाको केन्द्रबिन्दु बनेको छ।  अष्ट्रेलिया यतिबेला चुनाबी रंगमा रङ्गिएको छ। जुलाइ ६ मा निर्वाचन हुने भएता पनि अहिलेदेखि नै सामाजिक संजाल, पत्रपत्रिका र टेलिभिजनहरुमा बिभिन्न पदका प्रत्यासीहरुको एजेन्डा र अनुहार छरपस्ट भैसकेका छन्।

नीति नहुनेले पदमा राज गर्न सक्दैन भन्ने मान्यता बमोजिम सबै उम्मेद्वार स्वतन्त्र रुपमा कुनै न कुनै रंगिन समूहमा आवद्ध छन्। यसै क्रममा निर्वाचन समितिले दिएको अन्तिम म्याद शुक्रबार रातिसम्म दुई सय नौ पदका लागि चार सय भन्दा बढी उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन्। कार्यसमितिका प्राय महत्वपुर्ण पदहरुमा तीन समूहको तीन/तीन जना उम्मेद्वारहरु रहेका छन्।

फिर्ता लिने समय रहे पनि मंहगो शुल्क तिरेर उमेद्वारी दर्ता गराउनेहरुको भीड निकै बढेको छ। एनआरएनएको अध्यक्ष पदमा मेलवर्नबाट केशव कडेंल, सीड्नीबाट दिनेश पोखरेल र नन्द गुरुङको उम्मेद्वारी परेको छ। कडेंल र गुरुङ दुबै हालको कायैसमितिका उपाध्यक्ष हुन् भने पोखरेल यसअघिको कार्यसमितिका उपाध्यक्ष हुन्।

यस्तै महासचिवमा सिड्नीकै डा ज्ञानेन्द्र रेग्मी, सन्तोष दाहाल र शंकर ढकालको उम्मेद्वारी परेको छ। रेग्मी यस अघिको कार्यसमितिमा प्रवक्ता रहेका थिए। सचिवमा भने डार्बिनवाट परेश घिमिरे, सिड्नीबाट उषा बारिया पोखरेल र सरोज पाण्डेको उम्मेद्वारी परेको छ । यस्तै कोषाध्यक्षमा सिड्नीबाट अनिल पोखरेल, कुशल केसी र एडिलेडबाट कपीलदेव पाण्डेले उम्मेद्वारी दिएका छन्। सहकोषाध्यक्षमा सीड्नीबाट सिताराम घिमिरे र क्वीन्सल्यान्डबाट लक्ष्मण गोपाली छन्।

यस्तै एनएसडब्लुको उपाध्यक्ष तथा संयोजकमा हालका प्रवक्ता डिला खरेल, सचिब देब गुरुङ र मोहन भट्टबीच मैदानी प्रतिस्पर्धा हुने भएको । खरेल यसअघिको कार्यकालमा कोषाध्यक्ष समेत हुन्। यस्तै युथ कोर्डिनेटरमा भने युवा व्यवसायी इर्शाद अहमद मैदानमा छन् उनको प्रतिद्वन्द्वीमा बिनोद पौडेल तथा विजय पौडेल उपाध्याय छन्।

नारी निकुन्जमा संयोजकमा सबिता शाह (सन्ध्या), उप संयोजकमा सब्बु महर्जन र सचिबमा स्वीकृतीराज्य लक्ष्मी भट्ट रहेका छन्। नारी निकुन्जको सबै पदमा भने एकल उम्मेद्वारी परेको कारण निर्विरोध हुने पक्का भएको छ।

यस्तै कार्यसमिति सदस्यहरुमा तनहुँं समाजका महासचिब सुर्य खनाल,अर्जुन गौतम लगायतको उमेद्वारी परेको छ। आइसीसी सदस्यहरुमा मेलवर्नका इन्जिनियर नारायण काफ्ले, सिड्नीका अरुण कुमार ठाकुर, चितवन समाजका अध्यक्ष छबि सापकोटा, ब्रिसबेनका बर्तमान उपाध्यक्ष सन्तोष कुँवर, पर्थका दिपक शर्मा, क्यानबेराका राजु अधिकारी, एडिलेडका सुर्य आचार्यको उम्मेद्वारी परेको छ।

आइसीसीकै अन्य उम्मेद्वारहरुमा समिम अनवर , शम्भु कँडेल, अशोक केसी, चोलाकान्त भुषाल, राजु मानन्धर , निराजन गौली, प्रकाश प्रसाइ रहेका छन्।

यस्तै भिक्टोरियाको संयोजक तथा उपाध्यक्षमा प्रेम कडेंल, क्वीन्सल्यान्डको उपाध्यक्ष तथा संयोजकमा उमेश खड्का, क्यपिटल टेरोटेरीबाट चुडामणी सापकोटा (ज्ञानु) साउथ अष्ट्रेलिया बाट नबिन पन्त लगायतले उम्मेद्वारी दिएका छन्।

-सेतोपाटी बाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...