Wednesday 15th May 2024

विश्वका सर्वाधिक कमाउने खेलाडीको सूचीमा भारतका क्रिकेट कप्तान बिराट कोहली पनि


तितोपाटी-विश्वका धेरै कमाउने खेलाडीहरूको सूचीमा भारतका क्रिकेट कप्तान बिराट कोहली पनि परेका छन् । फोर्व्सको विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा एकमात्र भारतीय खेलाडीका रूपमा भारतीय क्रिकेट कप्तान विराट कोहली परेका हुन।

फोर्व्सका अनुसार कोहलीको कमाइ २ करोड ५० लाख डलर रहेको छ। उनी यस सूचिको १०० औं नम्बरमा परेका हुन्। सूचिको शीर्ष स्थानमा अर्जेन्टिनाका लियोनेल मेस्सी रहेका छन्। कोहली गत वर्ष भन्दा १७ स्थान तल झरेका छन्।

फोर्व्सले गत मंगलबार सार्वजनिक गरेको सूचि अनुसार कोहलीको कमाइ विज्ञापनबाट २.१ करोड अमेरिकी डलर छ भने पारिश्रमिक तथा जितेका म्याचबाट उनले प्राप्त गरेको कमाइ ४० लाख डलर छ। यो उनको बितेका १२ महिनाको कमाइ हो। गतवर्ष उनी यस सूचिमा ८३ औं स्थानमा थिए। उनको विज्ञापनको कमाइमा यस वर्ष १० लाख डलरको बढेको छ। सर्वाधिक कमाउनेहरू सबैको कमाइ विज्ञापनबाट निश्चित हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...