Thursday 24th September 2026

विश्वका सर्वाधिक कमाउने खेलाडीको सूचीमा भारतका क्रिकेट कप्तान बिराट कोहली पनि


तितोपाटी-विश्वका धेरै कमाउने खेलाडीहरूको सूचीमा भारतका क्रिकेट कप्तान बिराट कोहली पनि परेका छन् । फोर्व्सको विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा एकमात्र भारतीय खेलाडीका रूपमा भारतीय क्रिकेट कप्तान विराट कोहली परेका हुन।

फोर्व्सका अनुसार कोहलीको कमाइ २ करोड ५० लाख डलर रहेको छ। उनी यस सूचिको १०० औं नम्बरमा परेका हुन्। सूचिको शीर्ष स्थानमा अर्जेन्टिनाका लियोनेल मेस्सी रहेका छन्। कोहली गत वर्ष भन्दा १७ स्थान तल झरेका छन्।

फोर्व्सले गत मंगलबार सार्वजनिक गरेको सूचि अनुसार कोहलीको कमाइ विज्ञापनबाट २.१ करोड अमेरिकी डलर छ भने पारिश्रमिक तथा जितेका म्याचबाट उनले प्राप्त गरेको कमाइ ४० लाख डलर छ। यो उनको बितेका १२ महिनाको कमाइ हो। गतवर्ष उनी यस सूचिमा ८३ औं स्थानमा थिए। उनको विज्ञापनको कमाइमा यस वर्ष १० लाख डलरको बढेको छ। सर्वाधिक कमाउनेहरू सबैको कमाइ विज्ञापनबाट निश्चित हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...