Wednesday 15th May 2024

युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपु्ललाइ


तितोपाटी – युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ। शनिबार रातिको फाइन खेलतमा २-० गोल अन्तरले टोटनहृयामलाई हराउँदै लिभरपुल विजेता बनेको हो। यस सँगै लिभरपुल छैटौं पल्ट युरोपेली च्याम्पियन भएको छ । मोहम्मद सलाहले सुरुमा र डिभोक ओरिगीले अन्त्यतिर गरेको गोलको मदतले लिभरपुलले शनिबार राति टोटनहमलाई हराएर  विजय प्राप्त गरेको हो ।

लिभरपुलले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस प्रतिद्वन्द्वलाई २-० ले हराएको हो। यससँगै लिभरपुल व्यवस्थापक योर्गन क्लोपले युरोपेली फुटबलको सबैभन्दा ठूलो उपाधि जित्न सफल रह्यो। सलाहले दोस्रो मिनेटमै पेनाल्टीबाट गोल गरे। च्याम्पियन्स लिगमै सबैभन्दा चाँडै सम्भव दोसो गोलको अवसर टोटनहमले ४८ औं सेकेन्डमा बल आफ्नो पेनाल्टी एरियामा ह्यान्ड गरेपछि प्राप्त गरेको हो। ओरिगीले भने ८८ औं मिनेटमा गोल गर्दै लिभरपुलको जित निश्चित गरे। गत वर्षको फाइनलमा रियल म्याड्रिडसँग पराजित लिभरपुल यसपल्ट भने भाग्यमानी रह्यो।

 यस पटक लिभरपुलका डिभोक ओरिगी र मोहमद सलाहले एक एक गोल गर्दै उपाधी चुमाए। सलाहले दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गरेका थिए। उनको गोलले पहिलो हाफ सम्म १-० ले अग्रता लिएको लिपरपुलले मौसा सिसोकोले हृयान्ड गरेपछि पेनाल्टी पाएको थियो। लिभरपुलका लागि ८८ औं मिनेटमा ओरिगोले दस्रो गोल गरेका थिए।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...