Sunday 25th October 2026

जन-सम्पर्क समितिले जुन २८मा जागरण अभियान र अगष्ट १६ मा तेश्रो अधिवेशन गर्ने


तितोपाटी – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जन-सम्पर्क समिति कुवेत शाखाले जुन २८मा जागरण अभियान र अगष्ट १६ मा तेश्रो अधिवेशन गर्ने भएको छ। जन-सम्पर्क समिति कुवेतको हिँजो शुक्रबार बसेको बैठकले सो निर्णय गरेको बुझिएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जन-सम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउन लागेको जनाएको हो । कांग्रेसले अहिले नेपालका ७७ वटै जिल्ला र विदेशका ३३ देशमा  राष्ट्रिय जागरण अभियान चलाइरहेको छ ।

त्यसैगरी सो बैठकमा नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिको रूपमा केन्द्रिय पदाधिकारीलाइ कुवेत ल्याइ तेश्रो अधिवेशन गर्ने निर्णय गरेको बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण सोही दिन बुझाउने निर्णय समेत गरेको समितिले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...