Monday 19th October 2026

अष्ट्रेलियामा चालकविहीन रेल सेवा संचालन


तितोपाटी – अष्ट्रेलियामा चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन गर्दै उनले यो रेल सेवा सुरुवात गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् ।

यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ । यो रेल तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ । यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७.३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको अष्ट्रेलियाको एक अनलाइन पोर्टल नाइन न्यूजले लेखेको छ ।

उत्तर पश्चिम सिड्नीमा बसिरहेका र काममा जाने हजारौं नेपालीहरु पनि यस रेल सेवाबाट लाभान्वित भएका छन् । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो । आज उदघाटनको दिन यो रेलले निःशुल्क सेवा दिइरहेको छ । सिड्नी मेट्रो रेलमा कार्यरत नेपाली इन्जिनियरहरु अर्जुन पोखरेल, शिशिर नेपाल र अनन्त कार्की पनि छन् ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...