Sunday 29th March 2026

अष्ट्रेलियाको ‘पीआर’ छ भन्दै ठगी गर्ने युवती पक्राउ


तितोपाटी- आफूसँग अष्ट्रेलियाको पीआर रहेको भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । साथै, उनको अपराधमा सघाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपरधा महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको बुर्ज गाउँपालिका–६ घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्ने २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीको कमलामाई नगरपालिका–२ का स्थायी ठेगाना भई काठमाडौँको बाँसबारीमा एसियन इन्टरनेशनल कन्सल्टेन्सी चलाउने गणेश भन्ने अरविन स्याङ्बो रहेका छन् ।

अधिकारीलाई सोमबार बानेश्वरबाट र स्याङ्बोलाई मंगलबार बाँसबारीबाट पक्राउ गरिएको महानगरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

अधिकारीले अष्ट्रेलियाको पीआर रहेको भन्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीका अमित श्रेष्ठलाई ठगेकी थिइन् । श्रेष्ठलाई अधिकारीसँग कन्सल्टेन्सीका डाइरेक्टर स्याङ्बोले भेटाएका थिए ।

अधिकारीले रुेष्ठलाई आफूसँग विवाह गरेर अष्ट्रेलिया लैजाने बताएर विहे समेत गरेकी थिइन् । विहेको फोटो र भिडियो समेत तयार पारेर उनले श्रेष्ठबाट ४ लाख ५० हजार रकम लिएर सम्पर्कविहिन भएकी थिइन् । आफू ठगिएको शंका लागेर श्रेष्ठले महाशाखामा उजुरी गरेका थिए ।

पक्राउपछि अधिकारीले यसरी नै अन्य व्यक्तिसँग पनि रकम ठगेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । अधिकारीले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ दाहाल गाउँ बस्ने सागर धमलालाई पनि ठगी गरिसकेकी छन् ।

धमलासँग पनि आफू अष्ट्रेलियाको पिआर होल्डर भएको बताउँदै अस्ट्रेलिया लैजाने आश्वासन दिएर उनले १३ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

अन्य एक जना युवकसँग पनि यसैगरी विवाह गरेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले अहिलेसम्म ३ वटा युवकसँग विवाह गरेर ठगी गरेको भेटिएको एसएसपी थापाले जानकारी दिए ।

पक्राउ परेका स्याङ्बोले विभिन्न कागजात बनाइदिने र डकुमेन्टेशनको काम मिलाइदिने भन्दै आफ्नो कन्सल्टेन्सीमा आएका युवकहरुलाई ती युवतीसँग भेटाउने काम गरेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...