Tuesday 10th March 2026

स्मार्टफोनको दुनियामा हुवावेको छलाङ, सबैभन्दा राम्रो क्यामेरा भएको फोन हुवावे


तितोपाटी- स्मार्टफोनको दुनियामा चिनिया कम्पनी हुवावेले दुनियाका सबै स्मार्टफोन कम्पनीहरूलाइ पछारेको छ । हुवावे कम्पनीमा जडान भएका क्यामेराको कारण यतिखेर हुवावे दुनियाको टप मोवाइल हुन पुगेको छ । हुन पनि हुवावेका उत्पादनहरूलाइ दुनियाका अरू कम्पनीका मोवाइलहरूले उछिन्न सकेका छैनन् । त्यसो त स्मार्टफोन क्यामराको गुणस्तरलाई मेगापिक्सलले मात्र नभएर थुप्रै अन्य कुराहरुले असर गरिरहेको हुन्छ । यहि कारणले नै कुन स्मार्टफोन राम्रो भन्ने कुराको सिधा अड्कल लगाउन मिल्दैन ।

 DxOMark ले विगतको एक दशक देखि रिलिज भएका मुख्य मुख्य सम्पूर्ण स्मार्टफोनको क्यामरालाई टेस्ट गरेर उक्त क्यामरालाई अंक प्रदान गर्ने गरेको छ । उक्त अंक जति बढी, त्यति नै राम्रो क्यामरा । DxOMark को वेबसाइटमा हालै सबैभन्दा धेरै अंकका साथ उत्कृष्ट क्यामरा भएको स्मार्टफोन हो हुवावेको पी ३० प्रो ।

हुवावेले यो वर्ष रिलिज गरेको फ्ल्याग्शिप अर्थात् उच्चस्तरीय स्मार्टफोन हो पी ३० प्रो । यो स्मार्टफोनमा तीनवटा मुख्य क्यामराहरू राखिएको छ । यस स्मार्टफोनको मुख्य क्यामरा १/१.७ इन्चको ४० मेगापिक्सलको रहेको छ जसले सुपरस्याम्पल गरेको १० मेगापिक्सलको फोटो खिच्छ । अल्ट्रा वाइड अर्थात् फिल्ड अफ भ्यू बढी भएको १६ मिमि १/२.७ इन्चको २० मेगापिक्सलको सेन्सर छ । यी दुवै सेन्सरमा फेज डिटेक्सन अटोफोकस रहेको छ तर अप्टिकल इमेज स्टेबलाइजेसन चाहिँ ४० मेगापिक्सलको सेन्सरमा मात्र राखिएको छ ।

तेस्रो र सबैभन्दा अभिनव क्यामरा हो पेरिस्कोप लेन्स । उक्त लेन्स १२५ मिमि ८ मेगापिक्सलको छ भने सेन्सरको साइज १/४ इन्चको छ । यो लेन्सको सबैभन्दा अब्बल खुबी नै ५ गुणा सम्म जुम गरेर फोटो र भिडियो खिच्न सक्नु हो । अन्य निर्माताले केवल तीन गुणासम्म मात्र जुम गर्न मिल्ने स्मार्टफोन् रिलिज गर्न सकेका छन् तर हुवावेले नै अहिलेसम्म कै सबैभन्दा बढी ५ गुणासम्म जुम गर्न मिले स्मार्टफोनको क्यामरा सेन्सर आफ्नो स्मार्टफोनमा राखेको छ ।

DxOMark ले यस स्मार्टफोनको क्यामरालाई ११२ अंक दिएको छ, जुन अहिलेसम्म कै सबैभन्दा धेरै हो । गत वर्षदेखि नै हुवावेले उत्कृष्ट स्मार्टफोनको क्यामरा हुनमा सफल हुँदै आएको छ । DxOMark को उच्च ५ मा हुवावेको तीनवटा स्मार्टफोन रहेका छन् – प्रथम, दोस्रो र तृतीय स्थानमा सबै हुवावे कै स्मार्टफोन छ । दोस्रो र तृतीय स्थानमा भएको हुवावेको क्यामरा अंकलाई टक्कर दिँदै सामसँगको ग्यालेक्सी एस १० प्लसको क्यामरा छ । यी तीनै स्मार्टफोन क्यामराको अंक १०९ रहेको छ । पाँचौं स्थानमा १०७ अंक सहित सायोमीको मि ९ छ । DxOMark को उत्कृष्ट ५ मा एप्पलको कुनै पनि आइफोन परेको छैन ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...