Wednesday 21st January 2026

त्रियक नेपाली स्वतन्त्र चर्च दुइ खेमामा विभाजन


तितोपाटी – कुवेतको जलिपमा रहेको त्रियक नेपाली स्वतन्त्र चर्च दुइ  ग्रुपमा विभाजन भएको छ । त्रियक नेपाली स्वतन्त्र चर्चले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको छ । चर्चका पाष्टर रहेका वकिल मार्डी रहेको सँस्थापन ग्रुप रहेको छ भने सि एल्डर तुल बहादुर गुरूङ रहेको नयाँ ग्रुप गठन भएको छ । जानकारीमा अाए अनुसार सि एल्डर तुल बहादुर गुरूङले साविक त्रियक नेपाली स्वतन्त्र चर्चबाट छुट्टिएर न्यू भिजन नेपाली मण्डली नामको नयाँ मण्डली बनाएर संगति गर्न थालेको बुझिएको छ ।

समाचार अनुसार सि एल्डर समेत रहेका तुलबहादुर गुरुङको गुटका कारण विभाजन भएको त्रि एक नेपाली स्वतन्त्र चर्चले जनाएको छ । चर्चका अनुसार मार्च २९ तारिक शुक्रबारको साप्ताहिक संगतिमा गुरुङ सहित १३ जनाले चर्चको आगामी संगतिमा भाग नलिने बताएका थिए ।

उक्त समूहले त्रि एक नेपाली स्वतन्त्र चर्चको आधिकारिक फेसबुक कब्जा गरेर नयाँ नाम न्यू भिजन नेपाली मण्डली कुवेत राखेको समेत विज्ञप्तिमा जनाइएको छ । त्रि एक नेपाली स्वतन्त्र चर्च कुबेतले उक्त १३ जनाको समुहले मण्डली भित्र गुट चलाएको भन्दै आफ्नो बिज्ञप्ति सार्वजनिक गरि त्रिएक नेपाली स्वतन्त्र चर्च यथावत रहेको र एल्डर तुल बहादुर गुरूङको गलत रवैयाको कारण विभाजन अाएको जनाउँदै यसबाट शुभचिन्तक एवं अास्थावानहरू प्रति पर्न गएको असुविधा प्रति त्रियक नेपाली स्वतन्त्र चर्च क्षमा चाहन्छ, विज्ञप्तिमा उल्लेख गरिएको छ।

चर्चको विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...