Sunday 29th December 2024

धेरै बच्चा जन्माएका बावुआमालाई मुटु रोगको खतरा बढी


तिताेपाटि – पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।

“यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्बन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् ।

उनीहरुका अनुसार अहिले भने परिवारको आकार वा बच्चाको सङ्ख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको छ ।

यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमालाई विभिन्न प्रकारको मुटुसम्बन्धी रोग भएको पाइएको जानकारी दिइन् ।

तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्र यस्तो समस्याहरू देखिएको उनले बताइन् ।

त्यसैगरी बालबालिका नै नभएकामध्ये २१ प्रतिशतलाई मुटुसम्बन्धी समस्याहरु हुने गरेको पाइएको अध्ययनले देखाएको छ । यो अध्ययन “जर्नल अफ एजिङ एण्ड हेल्थ”मा प्रकाशित भएको छ ।

अध्ययनमा झण्डै २५ हजार जना समेटिएका थिए । उनीहरु ५० वर्ष वा त्यो भन्दा धेरै उमेरका थिए ।
अध्ययनमा सहभागी भएकामध्ये झण्डै एक चौथाई व्यक्तिहरू दुई वर्षदेखि मुटुसम्बन्धी रोग रहेको बताएका चिकित्सकहरूले जनाएका थिए ।

“अध्ययनले महिला पुरुष दुबैलाई जति धेरै बच्चा भयो त्यति धेरै मुटु रोगको समस्या हुने गरेको देखाएको छ,” अध्ययनकर्ता हिप्पले भनिन् ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

राष्ट्रियता, राजतन्त्र, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपालको परिकल्पनाका साथ गठन भएको राष्ट्रवादी नागरिक समाज(राजावादी)को कुवेतमा एक भेला हुने भएको छ…

नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ देशभक्ति हाम्रो नसा नसामा बग्छ वीरहरुको भुमी हो यो यहि हाम्रो पहिचान छ…

ताल अल-शैखिया, इराक: इराकी अधिकारीहरूले पूर्व इराकी शासक सद्दाम हुसेनको नेतृत्वमा 1980 मा मारिएका लगभग 100 कुर्दिश महिला र बालबालिकाको…

प्रतिकृयाहरू
...