Sunday 26th April 2026

नेपाली राजदुतावास कुवेतद्वारा राष्ट्रिय खेलाडीलाई सम्मान सहित दिवाभोज, नेपाल र कुवेतको दोश्रो मैत्रीपूर्ण खेल २५ मार्चमा हुँदै


तितोपाटी – नेपाली राजदुतावास कुवेतले आफ्नै कार्यकक्षमा आइतबारका दिन सम्मान सहित  दिवाभोजको आयोजना गरेको छ । हालसालै सम्पन्न मैत्रीपूर्ण पहिलो खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै कुवेतसँग गोलरहित बराबरी खेलेको खुसियालीमा र अर्को दोश्रो मैत्रीपूर्ण खेल मार्च २५ सोमबारको दिन हुन लागेकोमा खेलाडीलाई शुभकामना दिन दिवाभोजको आयोजना गरिएको थियो ।

नेपाली राजदुतावास कुवेतका कार्यबाहक राजदुत प्रकाश मनि पौडेलले मैत्रीपूर्ण पहिलो खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै कुवेतसँग गोलरहित बराबरी खेलेको खुसियालीमा बधाई दिएका थिए । अर्को दोश्रो खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन साथै जितको लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए । नेपाली राजदुतावास कुवेतका द्वितीय सचिब ज्ञान बहादुर मगर, श्रम सहचारी ज्ञानेन्द्र शर्मा लगायतले जितको लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।

प्रवासमा कार्यब्यस्तताको बाबजुद पनि गत बिहिवारको दिन खेल मैदानमा खेल प्रेमी दर्शकहरु हजारौंको संख्यामा उपस्थित भइ खेलाडी प्रति बेजोड माया दर्शाउनुको साथै हौसला प्रदान गरेमा खेल प्रेमी दर्शक र नेपाली राजदुतावास कुवेत प्रति टिम क्याप्टेन बिराज महर्जनले धन्यवाद व्यक्त गरेका छन । मार्च २५ सोमबारको खेलमा पनि कुवेतमा कार्यरत सबै नेपालीहरु उपस्थित भइ खेलाडीलाई हौसला दिनको लागि पनि आग्रह गरेका छन ।

कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई नेपाल र कुवेतको मैत्रीपूर्ण दोश्रो फुटबल खेल पनि गत बिहिवारको दिन भएको खेल मैदानमा नै हुने जानकारी गराउदै, मार्च २५ सोमबारको दिन समय मिल्ने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु उपस्थित भइ नेपाली राष्ट्रिय फुटबल टिम लाई हौसला प्रदान गरिदिनुहुनको लागि कोसेली समुहका सस्थापक संरक्षक सुजन के.सि. ले हार्दिक अनुरोध गरेका छन ।

स्थान : अल शबाब स्पोर्ट्स क्लब स्टेडियम, कुवेत
अल अहमदी, ब्लक १२, स्ट्रिट १६ ( कुवेत गल्फ ओयल कम्पनी, पेट्रोलियम ट्रेनिङ्ग सेन्टर अगाडी)
मिति : सोमबार ११ चैत २०७५ (२५ मार्च २०१९)
समय : साँझ ६:३० बजे
प्रबेश शुल्क : १ कुवेती दिनार


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...